२०८१ वैशाख १३ गते | 25th of April 2024

भारत र चीनबीचको पछिल्लो घटनाक्रममा नेपालले भन्यो – ‘विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्छ ‘

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ६ गते १३:४८

  काठमाडौँ  – नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीच हालै गलवान भ्यालीमा विकसित घटनाक्रम बारे नेपालले आफ्नो धारणा सार्बजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी दुई देशबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्ने जनाएको हो  ।विज्ञप्तिमा नेपालका दुवै मित्रवत छिमेकी मुलुकले असल छिमेकीपनको भावनामा आधारित रहेर आपसी मतभिन्नतालाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वमा सहयोग पुग्ने गरी शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने कुरामा नेपालको विश्वास रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा नेपाल जहिल्यै पनि क्षेत्रीय तथा विश्व शान्तिको पक्षमा दृढतापूर्वक उभिँदैआएको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *