२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा कोरोना सङ्क्रमितको संख्या ९  हजार २६ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ७ गते १४:४१

काठमाडौँ – नेपालमा   आईतबार थप ४२१  जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ९  हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् । थप १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा आठ महिला र १६७ पुरूष रहेका छन् । याेसँगै एक हजार ७७२ निकाे भएका छन् । जम्मा निकाे हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् ।

रेड जाेनमा ५०५  जना पुगेकाे छ । आज दुई जना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा छ हजार आठ जनाकाे नमूनाको पीसीआर टेस्टमा काेराेना पुष्टि भएको हाे । क्वारेन्टाइनमा रहेकाकाे सङ्ख्या ९८ हजार ९२८ पुगेको छ । आइसोलेसनमा रहेकाकाे सङ्ख्या सात हजार २३१ पुगेको छ । काठमाडाैँ उपत्यकाकाे ललितपुरमा एक जना महिला सङ्क्रमित भएका छन् ।

गुल्मीका एक पुरूषकाे मृत्यु भएकाे छ । असार ५ गते घरमै मृत्यु भएकाे हाे । उहाँकाे स्वाब परीक्षणमा काेराेना पाइएकाे हाे । याेसँगै २३ जनाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *