२०८१ वैशाख १४ गते | 26th of April 2024

असारको पहिलो ७ दिनमा १८ अर्ब रुपैया  सरकारी खातामा कर  संकलन

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ८ गते १४:५०

काठमाडौँ –  असार महिनाको पहिलो ७ दिनमा उद्योगी व्यवसायी तथा सर्वसाधारण करदाताहरुले १८ अर्ब रुपैया  कर  सरकारलाई तिरेका छन् । सर्वोच्च अदालतले सरकारलाई कर तिर्ने निर्णय कार्यान्वयन नगराउन भनेपनि उद्योगी व्यवसायीले  अन्योलका बीच स्वतः स्फुर्त रुपमा कर तिर्न थालेका हुन् ।

असार महिना सुरु भएपछि उद्योगी व्यवसायीले स्वतः स्फुर्त रुपमा आर्थिक रुपमा संकटका बेला सरकारलाई सहयोग गर्नुपर्ने भन्दै कर तिर्न थालेको करदाताहरुले बताएका छन् । ६ सय ८० ठूला करदाता मध्ये ८ गते सम्ममा २ सय ३४ करदाताले १५ अर्ब ६२ करोड कर बुझाएको ठूला करदाताको कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिनु भयो ।ठूला करदाताहरु मध्ये नेपाल दुरसञ्चार प्राधिकरणले १ अर्ब २२ करोड, नेपाल टेलिकमले ९२ करोड, सूर्य नेपालले ९२ करोड र एनसेलले ८२ करोड कर तिरेको ठूला करदाताको कार्यालयले जनाएको छ ।जेठ महिनामा सुस्त रहेको राजस्व संकलनको गति असार महिना सुरु भएपछि बढेको छ । असार ७ गते (सात दिन) सम्म १८ अर्ब भन्दा बढी कर संकलन भैसकेको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर   कुवंरले जानकारी दिनु भयो ।

कानुनी रुपमा कर तिर्न नपरे पनि बैंकर्स संघले कर तिरेर सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ भने नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आन्तरिक बैठक गरेर कर बुझाउन आफ्ना सदस्यहरुलाई आग्रह गरिसकेका छन । यो आग्रहपछि कर तिर्ने महोल बनेको छ ।यो महिनाका लागि आन्तरिक राजस्व विभागको कर संकलनको लक्ष्य ८२ अर्ब रहेको छ भने ठूला करदाता कार्यालयको लक्ष्य ३४ अर्ब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *