२०८१ वैशाख १४ गते | 26th of April 2024

“केवलपुरे प्रतिक”को “दोबाटोमा नकुर है” सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ४ गते ७:३८

गीतकार राजकुमार कोइराला “केवलपुरे प्रतिक” को नयाँ गीत “दोबाटोमा नकुर है” सार्वजनिक भएको छ ।

लामो समयदेखि गीत लेखनमा कलम चलाउदै आउनुभएका गीतकार केवलपुरे प्रतिकको यो गीतमा गायक सुरेश शम्शेरको स्वर र सङ्गीत रहेको छ । “पप” बिधाको यो गीत गायक सुरेशले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

बिदेशिने युवायुवतीको आफ्नो नजिकको व्यक्तिसँग छुट्टिनुको पीडा र दुःखलाई गीतमार्फत देखाउन खोजिएको छ । गीतले भोलिको स्वर्णिम् समयप्रति आशावादी हुन पनि हौस्याएको छ । ठेट नेपाली शब्द खोजी खोजी गीत लेख्ने गीतकार केवलपुरे प्रतिक र गायक सुरेशको यो पहिलो गीति सहकार्य हो ।

गायक सुरेश शम्शेरले गीतमा सङ्गीत संयोजन, रेकर्डिङ, मिक्सिङ गनुृका साथै गितार पनि बजाउनु भएको हो । यस अघि दिवङ्गत हुनुभएका प्रख्यात सङ्गीतकार बिजु बज्र र जितेन तामाङसँग सहकार्य गर्नुभएका गीतकार “प्रतिक” लाई साहित्य रचना परिवारको बिरासतमा मिलेको हो । बिशेष गरी गीतकार मामा श्रीपुरुष ढकालबाट आफू धेरै प्रेरित भएको प्रतिक बताउनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *