२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा बुधबार थप ६ सय २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १० गते १५:४३

काठमाडौँ – बुधबार  थप ६ सय २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा  बुधबार  थप ५ सय १९ जना पुरुष र १ सय १० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार आज झापाका ११, सप्तरीका ६, महोत्तरीका १२, अछामका २३, बागलुङका ९, धनुषाका २०, सर्लाहीका २१, बैतडीका ४, बाजुराका ८, डोटीका ४८, कैलालीका १ सय ५१, कञ्चनपुरका ८६, पर्वतका ३, रौतहटका ४४, धादिङका २, नवलपरासी पूर्वका ५, पाल्पाका १५, गोरखाका ३, कास्कीका ९, लमजुङका ५, स्याङ्जाका ७, गुल्मीका ५, बाँकेका ९, दाङका ७६, प्युठानका १०, सुर्खेतका १४, दैलेखका ४, कालीकोट, बाजुरा, जाजरकोट, बर्दिया, मोरङ, सुनसरी, चितवन, तनहुँ, कपिलवस्तु, रुपन्देही, काठमाडौं र भक्तपुरका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप १ सय १४ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या २ हजार ३ सय ३८ पुगेको छ ।मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट १ सय ६ जना पुरूष र ८ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म १ सय ९७ जना महिला र ३ हजार ४१ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ९३ हजार १ सय ९४ वटा पिसीआर तथा २ लाख ८३ हजार ६ सय ९६ वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २८ वटा पिसीआर तथा १२ हजार १ सय १२ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ८ हजार ३ सय ६६ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *