२०८१ वैशाख १४ गते | 26th of April 2024

सत्तारुढ नेकपामा एमसीसीबारे अन्योल कायमै, शुक्रबार बस्ने स्थायी समितिको बैठकले के गर्ला ?

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १० गते १५:५४

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटिको बैठकले सात वटा मुख्य कार्यसूची तय गरेको छ ।
आजको   बैठकले    मिलेनियम  च्यालेन्ज कर्पोरेशन (एमसीसी), कोरोनालगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो ।
बैठककाे अन्य कार्यसूचीमा बैठकको शुरुमा नै पार्टीका अध्यक्ष द्वयले विचार राख्ने, कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचार, सीमा समस्या, सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, पार्टी एकीकरणको बाँकी साङ्गठनिक एकीकरणलगायत विषय र एमसीसी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, विविध विषयमा रुकुमको सोती घटना, हाल संसदमा राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता विधेयक, कोभिड-१९ को रोकथामका लागि कर्मचारीले कुनै भत्ता नलिने विषयमा गरेको निर्णयसँगै सङ्घीय सांसदहरूले सोही अनुसार गर्न सकिन्छ कि ? भन्ने विषयमा आफ्नो पार्टी र अन्य दलहरूसँग छलफल गर्नेजस्ता कुरा समेटिएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र समग्र परिस्थितिका बारेमा सकारात्मक र कमजोर पाटाहरू राख्न र सकारात्मक सन्देश दिने गरी स्वस्थ आलोचनात्मक र जिम्मेवारीपूर्वक विचार राख्न आग्रह गर्नुभएको बताउनुभयो ।
अर्का पार्टी अध्यक्ष प्रचण्डले समग्र पार्टी, देशको परिस्थिति सबै कुरालाई विचार गरेर पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारीबारे सकारात्मक विचार राख्न र आफ्ना कमीकमजाेरीको जो-जसबाट भएको छ उसले जिम्मेवारी लिन आग्रह गर्नुभयाे ।अर्को बैठक असार १२ गते बस्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *