२०८१ वैशाख ८ गते | 20th of April 2024

राष्ट्रपति भण्डारीद्वारा बृहत छलफल , दलहरूबिच अभूतपूर्व एकता देखिएकोमा खुशी ब्यक्त

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १० गते १६:०५

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एकजुट हुन् आग्रह गर्नुभएको छ ।  सरकार प्रमुख तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई बुधबार साँझ राष्ट्रपति निवास शीतलमा बोलाउनु भई समसामयिक विषयमा छलफल गर्ने क्रममा   राष्ट्रपति भण्डारीले भौगोलिक अखण्डताका लागि दलहरूबीच अभूतपूर्व एकता देखिएकोमा सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई धन्यवाद समेत दिनुभएको छ ।

राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्न संविधान संशोधन गर्न दलहरूबीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू ज्यादै खुशी भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो । यसविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नु हुँदै उहाँले कोरोना प्रभावित विरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
यसैगरी, राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्नुहुँदै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न जोड दिनुभयो ।
साथै उहाँले यी कार्यमा पनि राजनीतिक दलहरूबीच एकता कायम हुनुपर्नेमा विश्वास राष्ट्रपतिले लिनु भएको जानकारी उहाँका प्रमुख निजी सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री के.पी. शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, प्रमुम प्रतिपक्षी दलको नेता शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पू्रर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *