२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११  हजार ७५५ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १२ गते १५:४६

काठमाडौँ  – नेपालमा शुक्रबार  थप  ५९३  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैँका तीन पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ११  हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे ।

शुक्रबार विभिन्न अस्पतालबाट थप ४८ जना निकाे भएर डिस्चार्ज भएका छन् ।  यसमा आठ महिला र ४० पुरूष निकाे  रहेका छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५८ पुगेकाे छ ।  रेड जाेनमा एक जना थपिएकाे छ ।असार ११ गते थप एकजनाकाे मृत्यु भएकाे छ । अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत फेला परेकी थिइन् । जाँच हुँदा मृत्य घाेषणा भएकाे थियाे । साेही दिन जाँच गर्दा १२ गते मृतककाे स्वाबमा काेराेना भेटिएकाे छ । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २७ पुगेकाे छ । मृत्यु हुनेकाे नाम र ठेगाना खुलेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *