२०८१ वैशाख १२ गते | 24th of April 2024

नेकपा स्थायी कमिटि बैठक २ दिन पछि बस्ने, हालसम्म ४० सदस्यले आफ्ना कुरा राखे

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १३ गते १५:०८

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौमा जारी स्थायी कमिटीको बैठक  दुई दिन पछि बस्ने  भएको   छ। बैठक असार १६ विहान ११ बजे पुनः बस्ने  नेकपाका प्रबक्ता नारायणकाजी  श्रेष्ठले   बताउनुभयो  । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहि बेर सहभागी भएर बाहिरिनु भएको थियो ।

शनिबार  २१ जना सदस्यहरूले आफ्नो भनाई राख्नुभएको छ ।  बैठकमा  नेपाल र भारत बीच रहेको सिमा समस्या समाधान बारेमा नै छलफल भएको र नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेको  प्रवक्ता  श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा बोल्ने नेताहरूले नेपालको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्रकाशन र संविधान संशोधनमा देखिएको राष्ट्रिय एकतालाई कायम राख्दै सिमा सम्वन्धी सबै समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणी पोखरेल, टोपबहादुर रायमाझी, रधुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईँ, लेखराज भट्ट, प्रदिप ज्ञवाली, मणी थापा, घनश्याम भुषाल, शक्ति बस्नेत, योगेश भट्टराई, बामदेव गौतम, पृथ्वीसुब्वा गुरूङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, र पुष्प कँडेलले आफ्ना भनाईहरु राख्नुभएको भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *