२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालमा आईतबार कोरोना संक्रमित १२ हजार ७७२ पुगे

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १४ गते १४:५९

काठमाडौँ –  कोरोना भाइरस  सङ्क्रमितको संख्या  आईतबार १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १०५ जना महिला र ३५८  जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र  ११ हजार दुईसय ९८ पुरुष रहेका छन् । आज थप १७९ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिलासहित १७९ जना डिस्चार्ज भएका छन्।

प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका मोरङ १७, झापा २, उदयपुर ६, इलाम १, सुनसरी १, धनुषा १०, महोत्तरी ५६, डडेलधुरा १, अर्घाखाँची ६, दार्चुला १, दोलखा २, गोर्खा १, गुल्मी ३७, खोटाङ ४, रौतहट १७, सर्लाही १, सिन्धुपाल्चोक १, कपिलवस्तु ८, धादिङ १, ललितपुर १ , बाजुरा ९५, कास्की ५, नवलपरासी ३१, बागलुङ २९, पर्वत २, सल्यान १, तनहुँ ६, लमजुङ १, म्याग्दी २, पाल्पा २, प्युठान ३५, गुल्मी १, रुपन्देही १२, दाङ ३४, रोल्पा १, बाजुरा ३२, रुकुम १, सल्यान १, कैलाली १७ र डोटीमा १३ गरी थप ४६३ जनामा कोरोना पुष्टि भएको हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *