२०८१ वैशाख १२ गते | 24th of April 2024

कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १४ गते १५:४३

काठमाडौँ –  कोरोना भाइरसका कारण अन्योलमा परेको  नेपाली  कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ । आशन्न महाधिवेशनका बारेमा छलफल गर्न आइतबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाका कारण प्रभावित तल्लो तहका अधिवेशनको मिति भने हेरफेर गर्ने निर्णय गरेको छ । पार्टी  मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिकामा फागुन ७ मा कुनै हेरफेर नहुने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका तय गरिन्छ ।”

तल्लो तहको अधिवेशनका लागि कार्यतालिका तय गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।  त्यसअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकबाट बहुमतका आधारमा केन्द्रीय कार्यसमितिको म्याद एकवर्ष थप गर्दै २०७७ फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *