२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा सोमबार  थप ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ,सङ्क्रमितको सङ्ख्या १३ हजार दुई सय ४८ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १५ गते १५:३६

काठमाडौँ –   नेपालमा सोमबार  थप चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै  कुल सङ्क्रमितको सङ्ख्या १३ हजार दुई सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप तीन सय ६४ जना पुरुष र एक सय १२ जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । हालसम्म ११ हजार छ सय ६२ जना पुरुष र एक हजार पाँच सय ८६ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप एक सय २१ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त भएसँगै हालसम्म सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या तीन हजार एक सय ३४ पुगेको छ ।नेपालमा हालसम्म दुई सय ६६ जना महिला र दुई हजार आठ सय ६६ जना पुरुष सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यसै गरी रौतहट जिल्लाका ३० वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म २९ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा दुई लाख २३ हजार छ सय ३० वटा पिसीआर तथा दुई लाख ९७ हजार आठ सय ७१ वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा सात हजार सात सय ९१ वटा पिसीआर तथा एक हजार आठ सय २२ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा ५७ हजार तीन सय ६८ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा १० हजार ८५ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *