1

नेकपा स्थायी कमिटीको बुधबारको बैठक ५ सदस्यले बोले पछि स्थगित

74 पटक पढिएको

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी पाँचाै बैठक बालुवाटारमा शुरु भएर केही सदस्यले बाेलेपछि भाेलि ११ बजे पुनः बस्ने गरी स्थगित भएकाे छ  । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे । बिहान ११ बजेदेखि बैठकको समय निर्धारण भएको भए पनि दुई अध्यक्षबीचको परामर्शले केही समय ढिला भएको थियाे ।

जारी नेकपाको स्थायी कमिटी बैठकमा मङ्गलबार नेताहरूबीच गम्भीर बहस भएपछि बुधबार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आन्तरिक छलफल भएको थियाे । स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेर अर्का अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
दुई अध्यक्षबीचको परामर्शपछि बैठक शुरु भएकाले आजको बैठक सौहार्द्रपूर्ण ढङ्गले चल्ने विश्वास गरिएको थियाे । बैठकमा दुवै अध्यक्षको सहभागिता रहेको थियाे ।

पार्टीको बैठक कार्यसूचीमा नेताहरू बोल्ने क्रम जारी रहे पनि मङ्गलबारको बैठक एजेण्डाबाहिर गएर छलफल भएको थियो । पार्टीको आन्तरिक एकता प्रक्रिया र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै नेताहरूले बोल्ने क्रम जारी छ ।
बैठकअघि बुधबार बिहान प्रधानमन्त्रीले केही मन्त्रीहरूसँग पनि परामर्श गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

काठमाडौं- चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको.. ...

काठमाडौ-    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको.. ...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...