1

नेपाल आईडलका चर्चित प्रतियोगी प्रविणको स्वरमा कोरोनाको पीडा भरिएको गीत

134 पटक पढिएको

अमेरिका – कोरोनाले मानव समुदायमा पारेको असरलाई लिएर यसलाई पर्दा उसले हेथ्र्यो वोलको गीत सार्वजानिक भएको छ । नेपाल आईडल तेस्रो सिजनका चर्चित प्रतियोगी प्रविण वेडवालको स्वर रहेको सो गीतको रचना एवं संगीत बसन्त लम्सालले गरेका छन् । स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको तिम्रो जस्तो मुटु, प्रसिद्ध गायक नरेन्द्र प्यासीको स्वर रहेको के भुल भयो प्रिया जस्ता मर्मस्पर्षी गीतहरु नेपाल आईडलको स्टेजमा गाएर धेरै संगीतप्रेमी दर्शक स्रोताको मन मुटुभित्र बसेका प्रविणले गाएको यो गीतले संगीतप्रेमीहरुलाई मात्र छुदैन समग्र मानवजगतलाई उनीप्रति आकर्षित गरिदिएको छ ।

उता रेडियो नेपालमा गीत गाएर आफ्नो संगीत यात्रालाई सुभमुहुर्त गरेका संगीतकर्मी लम्साल पछिल्लो समय अमेरिकाको कोलोराडोमा वस्दै आएका छन् । पछिल्लो पटक व्यवसायीको परिचय वनाएका लम्साल प्रवासबाट कहिले आफनै स्वर दिएर त कहिले अरुको लागी रचना एवं संगीत दिएर नेपाल गीतसंगीतको मोह नछोडेको वताउछन् । उनको गीतले प्रकृतिमा वीजयी प्राप्त गरेको दावी गर्दे आएको मानव अस्तित्वलाई कोरोनाले दिएको चुनौती र यसको असरको विषयलाई समेटेको छ । गीतले कोरोनाले मानवजातिमा बज्रपात पारेको र उसको अगाडी निरिह वनेको यथार्थ चित्रण गरेको छ ।

सवै कोरोनाको असरले जिउदाको जन्ति र मर्दाको मलामीको उखाननै उल्टाईदिएको छ गीतले शव्दमार्फत वोलेको छ । पछिल्लो पुस्ताले आफुलाई कोरोनाले दिएको पीडा सहेर अरुलाई विशेषगरि पछिल्लो पुस्ता छोरानातीलाई केहिनहोस भन्ने सन्देश छ, गीतमा । सो गीतलाई बुढासुव्बा डिजिटलले सार्वजानिक गरेको छ ।

भिडियो :

तपाईको प्रतिक्रिया

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...