1

बलात्कृत एनआरएनए अमेरिका

361 पटक पढिएको

सुर्य लम्साल

एक बालक सानो थियो – जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले उसलाई दुर्व्यवहार गर्यो उ त अझ शक्तिशाली हुदैपो गईरहेछ । एक दिन त त्यो दुर्ब्यवहारी राष्ट्रको राष्ट्रपति नै बन्यो । त्यो बेला सम्म उक्त बालक पनि बयस्क भैसकेको थियो । बालक सोचाईमा अब कमजोर रहेन । उ जस्तै उमेरका स्वतन्त्र र प्रजातान्त्रिक राज्यका युवाहरु संग उसको सम्पर्क भयो । अर्को कोणबाट उसले आफ्नो र समाजको जिबनशैली अध्ययन गर्न र बुझ्न थाल्यो । एक दिन उसलाई सोचाई आयो कि मलाई दुर्ब्यवहार गर्ने उक्त व्यक्तिले के मलाई मात्र यस्तो गरेको होला त, अरु किन चुपचाप छन् ? के यो देश अत्याचारीको मात्र हो र ? उसले आफ्ना भावाना सहकर्मीसंग बांड्यो । ऊ अझ सहासी भयो र एक दिन उक्त राष्ट्रपतिले आफु सानो छदाँ गरेका दुर्ब्यवहार समाजमा छरपष्ट गरिदियो । उसलाई र उसको परिवारलाई आरोप फिर्ता लिन पहिले फकाईयो, लोभ देखाईयो, दबाब दिईयो र अन्त्यमा नमानेपछि उसलाई समात्न पुलिस र सैनिक आए । समातेर लगियो, यातना दिईयो र जबर्जस्ति बोल्न लगाईयो कि जे उसले बोलेको थियो त्यो, सबै झुठ थियो ।

त्यस्तै शैलीमा दुर्ब्यवहरित अमेरिकाका अर्का एक बयस्कले भने प्रलोभन र दबाबलाई तिरस्कार गर्दै सप्रमाण कानुनी प्रक्रियामा गए । लगत्तै उसको शिकारमा परेका अन्य सबै सप्रमाण बाहिर निस्के । निसन्देह ‘स्वायत्त’ कानुनले दुर्ब्यवहार गर्ने ‘ठुलो’ मान्छेलाई दोषी प्रमाणित गरि सजाय दिएरै छाड्यो ।

सोच्नुस, बलियो कानुन हो वा कानुनमा जाने त्यो सहास ? बलियो डर, पैसा र प्रलोभन हो वा कर्तब्य ? कर्तब्य गर्ने एउटाले के पायो के गुमायो र प्रलोभनमा चुपचाप बस्ने धेरैले के पाए के गुमाए ? लेखा जोखा गर्ने को ? गरे के नगरे के ? बांच्ने बढीमा उही असि-सय बर्ष हो । के टाउको दुखाउनु ? कसको लागि दुखाउनु ? ह्या छाडिदेउ । तिमीलाई मात्र के को पीर ?

चुपचाप बस्ने बलात्कृतका अगाडि नै बलात्कारीहरू खुलमखुल्ला ‘बलात्कार गर्नुहुन्न’ भन्दै भाषण गर्दै हिड्छन । एउटा पद पाएर चुपचाप बसेको ‘बलात्कारको शिकार’ को पद केहि दिनमा गुम्छ । केहि पैसा पाएर बलात्कारको प्रमाण आगोमा जलाएको ‘गरिव’ को पैसा केहि दिनमा सकिन्छ । ‘तलाईं मन्त्री बनाईदिन्छु नि, आरोप फिर्ता गर’ भनि आश्वाशनको भरमा कर्तब्य बिर्सेको मकैको ढोड मन्त्री त के माटो मुन्तिरको हुन्छ । हैन, त्यस्तो मान्छे मन्त्री मन्त्री बनेपनि त्यस्ताबाट आशा के गर्नु ? मैले पटक पटक सुन्छु -‘काम ? के काम ? छाडदेऊ त्यस्ता कुरा ? त्यो त भाषणमा भन्ने मात्र हो, मन्त्री मन्त्री बन्ने हो, नाम पैसो कमाउने हो ।’

पहिलो देशमा उक्त बालक मात्र बलात्कृत भएनन – उ जस्तै अन्य धेरै ‘चुपचापहरु’ बलात्कृत भए – उनान्सय प्रतिशत ‘चुपचाप’ लाई एक प्रतिशत बलात्कारी र उनका सेनाले दबाए । अन्तत: बलात्कारीले चलाएको देशनै बलात्कृत भयो ।

यो सुन्दा र देख्दा कसै कसैलाई साधारण समस्या जस्तो लाग्ला तर यसले भोग्नेलाई मात्र होईन, पुरै समाजलाई अबाक्य रुपमा थिल्थिलो पारेको छ । पात्र फरक छन्, देश फरक छ तर परिवेश एउटै छ।

त्यसै मध्येको एउटा असिमंक्रित “देश” हो, एनआरएनए । अनि त्यसको एक प्रान्त हो “एनआरएनए अमेरीका”। अनि त्यहीं प्रान्तीय नागरिक बनेका छौं – तपाईं हामी सहनशील “अमेरिकन नेपाली”। सानै उमेरमा आमा बनेकी एनआरएनए अमेरीका आफु र आफ्ना सन्तान बर्षौंदेखि ठाउँ ठाउँमा र पटक पटक बलात्कृत भएको सहदै र हेर्दै आएकी छन् । बलात्कृत नागरिक कि “ह्या छाडिदेउ” भन्दै चुपचाप छन्, कि दबाइएका छन् वा त्रिनेत्र (पद, पैसा र आश्वाशन) को भरमा रंग फेरेका छन् । यथार्थमा संस्थानै बलात्‍कृत भएको छ ।

“सबैले अवसर पाउनेछन” भनिएको विधानमा टेकेर “ठग र झुठ्ले” मात्र अवसर पाएका छन्। “सामुहिक लगानी गरेर देश र एनआरएनको भबिष्य उज्ववल” भन्ने उदेश्य लाई कुल्चेर “समुहको ठगी पैसामा” आफ्नो पोल्टो भरि देश र एनआरएन दुवैलाई हरीकंगाल पारेका छन् । “सबै एनआरएन अटाउने” भन्ने संस्थाका मिशन देखाउदै “मेरा भरौटे” मात्र अटाएका छन् । “न्याय र प्रजातान्त्रिक प्रणाली सर्वेसर्वा हुनेछ” भन्ने बिधान कुल्चदै न्यायको उपयोग गर्नेको मुख बन्द गराएका छन् |

गत बर्ष एनआरएनए अमेरीकारुपी आमाको हात र खुट्टा उनैका दुई छोराहरु केशव पौडेल र विश्व बरालले समाती तेश्रो छोरो सुनिल साहले मच्ची मच्ची बलात्कार गरेको मेरै आँखाले देख्यो – अरुले पनि देखे । कोहि चुप लागे तर म चुपचाप बस्न सकिन । बलात्कार गरेका त्यी छरपष्ट प्रमाण सबैका सामू राखिदिएँ । ल भन्नोस् – अब यी बलात्कारीलाई कानुनी संजाय दिने कि अझ जिब्रो फट्कारी फट्कारी राज गर्न दिने ?

छनौट तपाइको हो । चुपचाप बस्ने तपाइंको व्यक्तिगत स्वतन्त्रता होला तर प्रजातन्त्र भित्र देखेको बोल्ने तपाइको कर्तब्य पनि हो । स्पष्ट हुनुहोस् कि तपाईं “चुपचाप” बसे संस्थाको हात समात्ने र बलात्कार गर्ने पात्र मात्र फेरिन्छन (वा नाफाका लागि उनै दोहोरिन पनि सक्छन) तर कुकार्य फेरिदैन । बलात्कृतको मुखमा बुजो लगाएर बोल्न नदिने काम पहिलो देशमा होला, अमेरिकामा हुनेछैन । बलात्कारीलाई “बलात्कार रोकियोस् भनेर” बिन्ती गरेर वा संगै बसेर यो अपराध रोकिने वाला छैन । बिकेका बलात्कारिका सेनाहरुसंग सहकार्य गरे अझ बलात्कारलाई टेवा मिल्छ । कुकर्मको छानविन तथा संजाय दिने न्यायिक संस्था यसैका लागि बनेका हुन्। कानुनले ढिलो हेर्छ किनकि “निर्दोष फस्नुहुदैन” भन्ने तर्कलाई प्रमाणित गर्न स्वच्छ कानुनले समय लगाउँछ तर ढुक्क हुनोस दोषीको घर अन्तत: खोर नै हो ।

हो, संस्था आफैमा निर्जीव हो, तै पनि भोकाएका बलात्कारीहरू आफ्नो बासनाका लागि निर्जीवलाई पनि छाड्दैनन । संस्थाका रहरलाग्दा उदेश्य सहित स्रोत र साधनको बृहत सम्भावाना रहेको र करिव चार लाख नेपाली अमेरिकन अटाउने ठुलो छाती भएकी “एनआरएनए अमेरीका” रुपी संजीवनी बोकेकी निर्जीव हाम्री “राम्री” आमालाई दुईचार जना गिद्दे कुकर्मी र तिनका केहि मतियार पिपासुको पन्जाबाट बैधानिक रुपमा छुटाएर दोषीलाई कारवाही गरेपछि मात्र राम्रा दिनको परिकल्पना गर्न सकिन्छ ।

संस्थाको आवश्यकता र सम्भावना छ – यदि यसको समुचित उपयोग गर्ने नै हो भने यसलाई पिपासुबाट कसरी छुटाउने भन्ने बिषय संस्थाभित्र बसेर आँखा बन्द गर्ने र बाहिरबाट भित्र आउनै नखोज्ने उनान्सय प्रतिशत नागरिक वा सम्भावित नागरिकको दायित्व भित्र पर्दछ, एनआरएनए अमेरिका ।

(यो आलेख पंक्तिकारका निजी विचार हुन । पंक्तिकारद्दारा प्राप्त वस्तु जस्ताको तस्तै प्रकाशित गरिएको छ  – सम्पादक ।)

तपाईको प्रतिक्रिया

न्यूयोर्क - पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन.. ...

काठमाडौँ  –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका.. ...

एजेन्सी -  कोरोनाभाइरस विरुद्धको रूसी स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...