२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपालमा बिनामास्क बाहिर निस्कने, सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले पक्राउ  गरी सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २२ गते १५:०६

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मन्त्रिपरिषद्ले यसअघि गरेको स्वास्थ्य र सुरक्षा मापदण्डसहित बजार अनुगमन र कार्यान्वयनका लागि निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार, बिनामास्क बाहिर निस्कने, सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले पक्राउ  गरी सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने छ । सरकाले लकडाउन खुला गरेपछि कतिपयले लापरवाही गर्न थाले पछि सङ्क्रमण फैलन सक्ने जाेखिम विचार गरी सरकारले याे कदम चालेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *