२०८१ वैशाख ११ गते | 23rd of April 2024

काठमाडौँमा सोमबार ५४ जनामा कोरोना संक्रमण , जोखिम बढ्दो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २२ गते १५:२८

काठमाडौँ –  काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ  ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा  ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  ललितपुरमा २०, भक्तपुरमा १० र काठमाडौंमा २३ जनाा कोरोना देखिएको उनले जानकारी दिए ।

उनले त्रिवि शिक्षण अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको  बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *