२०८१ वैशाख ६ गते | 18th of April 2024

एनआरएनए अमेरिकाद्दारा साधारण सभा सफल बनाउन सहयोग गर्नेहरुप्रती आभार

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २४ गते ६:५५

अमेरिका – एनआरएनए अमेरिकाले नवौं साधारण सभा सफल बनाउन सहयोग पुर्याउने सबै तहका संस्था तथा ब्यक्तित्वहरुप्रती आभार ब्यक्त गरेको छ । कोरोना कहरले ईतिहासमै पहिलोचोटी जूम प्रविधीमार्फत सम्पन्न भएको साधारण सभा तथा ज्ञान सम्मेलनमा एनआरएनए अमेरिकाले बिभिन्न फोरमहौको संचालन समेत गरेको थियो

जूम प्रविधीको कोड कठिनाईले अपेक्षानुरुप जनसहभागीता नभएको यस साधारण सभाले ‘समयमा नियम पुर्याएको’ जस भने पाएको छ । एनारएनए अमेरिकाका महासचिव पशुपती पाण्डेद्दारा प्रेषित वक्तव्य :

प्रेस विज्ञप्ति

मितिः ७ जुलाई, २०२०

बिषयः नवौं बार्षिक साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सफल बनाउन सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको नवौं बार्षिक साधारण सभा र राष्ट्रिय ज्ञान सम्मेलन जुलाई ३ मा सुरु भई जुलाई ५, २०२० मा सम्पन्न भएको छ । नवौं साधारण सभाको समुद्घाटन प्रमुख अतिथि नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली ज्यू बाट जुलाई ३ मा भएको थियो । जुलाई ३ मा समारोहको उद्घाटन कार्यक्रम गरिएको थियो भने जुलाई ४ मा राष्ट्रिय ज्ञान सम्मेलन तथा जुलाई ५ मा संघको बन्द सत्र सम्पन्न भएको थियो । अनलाइन मार्फत गरिएको साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली ज्यूले नेपालबाट नै कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

गैर आवासीय नेपाली संघ, अमेरिकाको नवौं बार्षिक साधारण सभालाई नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू बाट शुभकामना सन्देश प्राप्त भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली ज्यूका साथैं विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइराला ज्यू, पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत ज्यू, अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्की ज्यू, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्त ज्यूको सम्बोधन रहेको थियो । त्यस्तैं, एनआरएनए अमेरिकाका प्रमुख संरक्षक तथा संरक्षक ज्यूहरु, पूर्व अध्यक्ष ज्यूहरु, एनआरएनए आइसिसीका आइएस पदाधिकारी ज्यूहरु, आइसिसीका पूर्व पदाधिकारी ज्यूहरु, आइसिसीका सल्लाहकार ज्यूहरु, अमेरिकाज क्षेत्रका पदाधिकारी ज्यूहरु, एनआरएनए एनसिसीका सल्लाहकार ज्यूहरु, पूर्व सल्लाहकार ज्यूहरु, अमेरिकामा क्रियाशिल विभिन्न संघ संस्थाका प्रमुख ज्यूहरु, विभिन्न क्षेत्रबाट एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष ज्यूहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका महासचिव पशुपति पाण्डेको संचालन, अध्यक्ष सुनील साहको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष एवं साधारणसभाका कन्भेनर डा. अर्जुन बञ्जाडेको स्वागतमा उद्घाटन समारोहमा रहेको थियो ।

कोभिड–१९ भाइरसका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिमा यसको संक्रमणवाट जोगिन सामाजिक दुरी कायम गर्नु अहिलेको मुख्य आवश्यकताको पक्षलाई विशेष ख्याल गरी सम्पन्न गरिएको नवौं साधारण सभा २०२० लाई अनलाईनमा सम्पन्न गरियो । साधारण सभाको उदघटन सुरु हुनु अघि सुरुवातमा अतिथि र दर्शकहरुको सम्मानमा स्वागत स्वरूप चर्चित साहित्यकार जोडी सरु गुरागाईं र मुरारी गुरागाइले साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाको दोस्रो दिन जुलाई ४ मा अनलाइन मार्फत राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा ८ वटा सिम्फोजियम र ६ वटा टाउन हल साथै साहित्य सम्मेलन आयोजना गरिएको थियो । विश्वभर रहनुभएका विज्ञ नेपाली प्रोफेशनलहरुको यो कार्यक्रममा सहभागिता रहेको थियो । ज्ञान सम्मेलनमा बिज्ञान र प्रविधिका विभिन्न नयाँ आविष्कार र तिनका आयामहरुका बारेमा छलफल गरिएको थियो । सँग सँगैं अहिलेको यो कोरोनाको कहरसँग सम्बन्धित विभिन्न क्षेत्रमा रहेर छलफल समेत भएको थियो ।

सोही अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको क्षेत्रीय संयोजकहरु, विभिन्न समिति, टास्कफोर्स तथा च्याप्टरहरूवाट आ–आफ्ना प्रगति बिवरण पेश भएको थियो । अमेरिका तथा अमेरिका भन्दा बाहिर रहनुभएका गैर आवासीय नेपाली बैज्ञानिक र बिभिन्न पेशा र ब्यवसाय गरेकाहरुले यो सम्मेलनमा पेशागत कार्यपत्र पेश गर्नुभएको थियो । सबै सिम्फोजियम र टाउन हलहरु उपयोगी भएको हाम्रो विश्वास रहेको छ । साथै, सहभागीहरुले हाम्रो कार्यक्रमपछि ब्यक्त गर्नु भएका विचारले हामीलाई उत्साहीत बनाएको छ । डा. तारा सिग्देलको संयोजनमा भएको सम्मेलनको उद्घाटनमा वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले कि नोट स्पिकरको रुपमा र म्यागासासे पुरस्कार विजेता वैज्ञानिक महाविर पुनले बिशेषको अथितिको रुपमा धारणा राख्नुभएको थियो । यसैगरी, नारायण पुरी जि को संयोजनमा संघको कला तथा कलाकार समितिले मनोरञ्जनात्मक प्रस्तुती समेत दिएको थियो । सो सम्मेलनको उद्घाटन कार्यक्रम संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा भएको थियो ।

साधारण सभाको तेस्रो दिन जुलाई ५ मा बन्द सत्र सम्पन्न भएको थियो । संस्थाको आन्तरिक जीवन र सदस्यहरुको मनोभावना बुझ्ने कोसिस गर्दै बिभिन्न बिषयमा व्यापक छलफल र निर्णय गरियो । बन्द सत्र करिव १५ घण्टा चलेको थियो । विधान सभा समेत रहेकाले संस्थाको विधान संसोधनका लागि प्रस्ताव गरिएकोमा छलफलपछि सर्वसम्मतीले विधान परिमार्जन गरिएको छ । परिमार्जित विधान अनुसार विभागिय संरचनामा जाने संघको केन्द्रीय कार्यसमितिमा एक महिला उपाध्यक्ष, एक महिला सचिव पद थप गरिएको छ भने क्षेत्रीय संयोजकहरु पनि कार्यसमिति भित्र रहने छन् बन्दसत्रमा महासचिव पशुपति पाण्डेले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । जुन साधारणसभामा व्यापक छलफल र प्रश्नोत्तरपछि सर्बसम्मतीले पारित गरिएको थियो । त्यसैगरी, कोषाध्यक्ष नेत्र बन्धु पोखरेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनपनि छलफल पश्चात सर्वसम्मतीले पारित भएको थियो । यसैगरी, उपाध्यक्ष समेत रहनुभएका बिधान संशोधन समितिका संयोजक बि. आर. लामाले प्रस्तुत गर्नुभएको बिधान सशोधन प्रस्ताव समेत छलफलपछि सर्बसम्मतीले पारित गरेको जानकारी गराउँदछौं ।

बिधानत: अधिबेशन हुनुभन्दा अगाडीको साधारण सभाले निर्वाचन समितिको गठन गर्ने ब्यबस्था भएकोले कार्य समितिले ल्याएको प्रस्ताव अनुसार विश्व बराललाई प्रमुख निवार्चन आयुक्त चयन गरेको छ । त्यस्तैं, साधारणसभाले निवार्चन आयुक्तहरुमा एटोर्नी बासु डी फुलारा, आईसिसि सदस्य शिवराज पौडेल, गोविन्द श्रेष्ठ, र कुलमणी आचार्य लाई चयन गरेको जानकारी गराउन चाहन्छौं ।

यसैगरी प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री ज्यू, विशेष अतिथि नेपाली काँग्रेसका नेता गण ज्यूहरू, विशेष अतिथि महामहिम राजदूत ज्यू, विशेष अतिथि एनआरएनए आइसिसीका अध्यक्ष ज्यू, एनआरएनए आइसिसीका पदाधिकारी ज्यूहरू, आइसिसी सदस्य ज्यूहरू, आइसिसी सल्लाहकार ज्यूहरू, आइसिसी अनरी काउन्सिल सदस्य ज्यूहरू, एनआरएनए अमेरिकाज क्षेत्रका पदाधिकारी ज्यूहरू, एनआरएनएका पूर्व पदाधिकारी ज्यूहरू, एनआरएनए अमेरिकाका प्रमुख संरक्षक तथा संरक्षक ज्यूहरू, एनआरएनए अमेरिकाका सल्लाहकार ज्यूहरू, पूर्व पदाधिकारी तथा पूर्व सल्लाहकार ज्यूहरू, क्षेत्रीय संयोजक ज्यूहरू, सम्पूर्ण च्याप्टर समितिका पदाधिकारी ज्यूहरू, सम्पूर्ण टास्कफोर्सका पदाधिकारी ज्यूहरू, एनआरएनए अमेरिका वाट विभिन्न राज्यमा नियुक्त हुनुभएका सम्पर्क व्यक्तिहरू, विभिन्न संघ संस्थाका प्रमुख ज्यूहरू, सम्मेलनका क्रममा स्रोत व्यक्तिको रूपमा सहभागिता जनाउनुभएका पेनालिष्ट ज्यूहरू, सहजकर्ता ज्यूहरू, अमेरिकामा सक्रिय संघ संस्थाहरू, डिजाइनिङ क्षेत्रमा सहयोग गर्नुहुने व्यक्तित्वहरू एवं समस्त सञ्चार कर्मी मित्रहरू सबैलाई गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका कार्यसमिति धन्यवाद सहित आभार व्यक्त गर्दछ । र संघका आजीवन तथा साधारण सदस्य हरूप्रति विशेष कृतज्ञता प्रकट गर्न चाहन्छौँ ।

साथै यो विषम परिस्थितिमा पनि संघको साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन ऐतिहासिक उपलब्धिको रूपमा संंभव बनाउन सुरुका दिन देखि नै अहोरात्र खट्नुभएका दधिराम ढुङ्गाना, पदम भण्डारी, सतिश त्रिपाठी, डा सन्तोष सापकोटा, डा राजेन्द्र पङ्गेनी, ज्ञान सम्मेलनमा जूम मिटिङ सञ्चालन गर्न सहयोग गर्नु हुने प्राविधिक स्वयम सेवकहरू, ज्ञान सम्मेलन तयारी समितिका सम्पूर्ण सदस्यहरू, साधारण सभा तयारी समितिका सदस्यहरू, मनोरञ्जन कार्यक्रमलाई सहयोग गर्नु हुने सम्पूर्ण कलाकारहरू र सहयोगदाताहरू सबैमा विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

कोभिड–१९ का कारण ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गर्दछौं साथै संक्रमणमा परि बिरामि हुनु भएका सबैमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

धन्यवाद ।

भवदीय,

पशुपति पाण्डे
महासचिव
गैर–आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *