1

धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ तथा हुम्लाका सबै संक्रमित संक्रमण मुक्त

49 पटक पढिएको

काठमाडौँ –   नेपालमा बुधबार  थप २ सय ५३ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले देशको विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट थप २ सय ५३ जना संक्रमण मुक्त भएपछि हाल सम्म ७ हजार ७ सय ५२ जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. गौतमले नेपालमा हाल सम्म कुल संक्रमित मध्ये ४७ दशमलव २ प्रतिशत संक्रमण मुक्त भई घर फर्किएको र धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ तथा हुम्लाका सबै संक्रमितहरू संक्रमण मुक्त भएको जानकारी दिनुभयो । यसैगरी आज थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

आज देशका विभिन्न स्थानका २५ वटा प्रयोगशालामा ४ हजार ६ सय ९६ वटा नमुनाको रियल टायम पिसिआर परीक्षण गर्दा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता  डा. गौतमले जानकारी दिनुभयो ।यसैबिच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी खर्चमा नै कोरोना परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको पाइएकाले त्यस्ता संस्थालाई कारबाही गर्ने बताउनुभयो ।अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयले नागरिकलाई अनुरोध समेत गरेको छ ।लकडाउन खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । प्रवक्ता गौतमले कोरोना भाइरस सङ्क्रमणमुक्त भएर घर फर्किएकालाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

पाँचथर - फाल्गुनन्द गाँउपालिकाका निर्वतमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका.. ...

काठमाडौ -  सरकारले  कोरोना भाईरसको  संक्रमण बढेपछि नयाँ नियम लागु गरेको  छ  ।  जसमा केही.. ...

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...