२०८१ वैशाख १४ गते | 26th of April 2024

ओली प्रचण्ड बीच आज पनि छलफल , ठोस प्रस्ताब नआउदा सम्म स्थायी कमिटि बैठक बस्नेमा शंका

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २४ गते १५:२४

काठमाडौँ  – पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज  पनि   छलफल भएको छ  ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेबाट शुरुभएको वार्ता साढे ६ बजे सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए  । दुई अध्यक्षबीच सहमतिको विभिन्न विकल्प बारेमा छलफल भए पनि ठोस सहमति भए नभएको बारे जानकारी बाहिर आएको  छैन । शुक्रबार स्थायी कमिटीको बैठक आव्हान गरिएकाले भोलिसम्म ठोस सहमति गर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको नेकपाका नेताहरुको भनाइ छ । आजका लागि बोलाईएको स्थायी कमिटीको बैठक   तेस्रो पटक पनि स्थगित  गरिएको छ  । स्थायी कमिटि बैठक     त्यसै टुंगिने हो कि भन्ने  आशंका     नेताहरुमा  देखिएको छ  ।  दुई अध्यक्ष्यले    बैठकमा ठोस प्रस्ताब  ल्याउने अवस्था   नआउदा सम्म     बैठक संचालन            नहुने       देखिन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *