२०८१ वैशाख १३ गते | 25th of April 2024

भारतीय मिडियामा नेपालका बिषयमा आएका सामग्रीमा सरकारको आपत्ति ,कुटनैनिक, कानुनी र राजनैतिक उपचार खोजिने

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २५ गते १४:२८

काठमाडौँ –    नेपाल  सरकारले   केही  दिन   यता   भारतीय  मिडियामा   नेपालका  बिषयमा  आएका  सामग्री प्रति आपत्ति  जनाएको छ  ।  बिहिबार  अर्थ  एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा   सरकारका  प्रबक्ता  डा. युवराज खतिवडाले नेपाल र नेपालीको स्वाभिमानमा चोट पुग्ने गरी भारतीय सञ्चार माध्यममा आएका समाचारहरू विरुद्ध सरकारले कुटनैनिक, कानुनी र राजनैतिक सबै प्रकारका उपचार खोज्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को यही असार २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  मन्त्री खतिवडाले चरित्र हत्या गर्ने र दुर्भाव फैलाउने गरी आएका समाचार तथा विश्लेषण हरूको सरकारले भर्त्सना गर्ने बताउनुभयो । मन्त्री खतिवडाले सञ्चार माध्यमहरूलाई स्व–अनुशासन र प्रचलित मर्यादा भित्र रहन तथा सत्य तथ्यमा आधारित समाचार मात्रै प्रसारण गर्न समेत आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *