1

टेक्सासमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

131 पटक पढिएको

टेक्सास – अमेरिकाको टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डूबेर मृत्यु भएको छ । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका थिए । गौतम पानीमा डूबेपछि बचाउन खोज्दा खत्री आफूपनि डूबेका थिए ।

दुईजनाको मृत्यु भएकोमा खत्रीको शव शनिबार राती ९ बजे र गौतमको शव आइतबार बेलुका साढे ६ बजे फेला परेको थियो । फोर्ट वर्थ निवासी उनीहरु बिहिबार राती नदिमा बेपत्ता भएका थिए ।

हिकारु गौतम फोर्टवर्थ निवासी सरिता चौलागाईका छोरा र पूर्वमन्त्री कम चौलागाईका नाती हुन् । उनी गतबर्षमात्र हाईस्कुल ग्रयाजुएट भएका थिए ।

सधै मुस्कुराउने स्वभावका त्रिशरण राम्रो फुटवल खेलाडी समेत रहेको डलास गोर्खाजले जनाएको छ । मेडिकल डाक्टर हुने सपना बोकेका उनको मृत्युले नेपाली समुदाय स्तब्ध भएको छ ।

खत्रीको सम्झना र अन्तिम विदाईका लागि डलास गोर्खाजले गोफण्डमीमा फण्डरेज गरिरहेको छ । उनको दाहसंस्कारका लागि परिवारलाई सहयोग गर्नका लागि फण्डरेज गरिएको डलास गोर्खाजले जनाएको छ ।

स्रोत : खसोखास

https://www.gofundme.com/f/mzchp-paying-tribute-to-trisharan-khatri

 

 

 

तपाईको प्रतिक्रिया

काठमाडौं- चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको.. ...

काठमाडौ-    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको.. ...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...