२०८१ वैशाख १४ गते | 26th of April 2024

स्वास्थ्य मन्त्रालयले कोरोना महामारी व्यवस्थापनको नेतृत्व लिन नसकेको कांग्रेसको निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ३१ गते १५:१२

काठमाडौँ – नेपाली कांग्रेसले गठन गरेको ‘कोभिड–१९ अनुगमन समिति’ ले स्वास्थ्य मन्त्रालयले कोरोना महामारी व्यवस्थापनको नेतृत्व लिन नसकेको निष्कर्ष निकालेको छ । समितिले अनुगमनबाट प्राप्त सूचना र अध्ययनका आधारमा स्वास्थ्य मन्त्रालयले कोरोना महामारी व्यवस्थापनको नेतृत्व लिन नसकेको निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा रहेको समितिले सरोकारवालाहरूलाई स्वास्थ्य मन्त्रालयले जिम्मेवार र जवाफदेहीसमेत बनाएको नपाइएको जनाएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गरेर समितिले आफूले निकालेको १२ बुँदे निष्कर्ष सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *