1

अमेरिकी प्रमुख हस्तीहरूकाे सामाजिक सञ्जाल ट्वीटर एकाउन्ट ह्याक

65 पटक पढिएको

एजेन्सी – अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमबर्गसहित अमेरिकी प्रमुख हस्तीहरूकाे सामाजिक सञ्जाल ट्वीटरको खाता ह्याक गरिएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका उम्मेदवार जोय बिडेन र केन वेस्टको आधिकारिक ट्वीटर खाता ह्याक भएको हो ।
बिल गेट्सको ट्वीटर खातामा लेखिएको छ, “सबैजनाले मलाई फिर्ता गर्न सोधेको छ, तपाईं एक हजार डलर पठाउनुस्, दुई हजार डलर पाउनुहुनेछ ।” ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सेले बुधबार अबेर लेख्नुभएको छ, “ट्वीटरमा हाम्रो लागि अत्यन्तै चुनौतीपूर्ण दिनको सामना गर्दैछौँ, यसप्रकारको गतिविधिपछि हामी सबै त्रसित महसुस गरेका छौँ ।” उहाँले अगाडि लेख्नुभएको छ, “हामी सबै के र कसरी भएको सम्बन्धमा डायग्नोस गर्दैछौँ, सकेजति साझा गर्नेछौँ ।”
बीबीसीका अनुसार ह्याक गरिएको खातामा पासवर्ड परिवर्तनको आग्रह समेत अस्वीकार गरिएको छ । र केही अन्य खाताको कामहरू काम गर्न छोडेको छ ।
साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकका सह संस्थापक दमित्री अल्परोभिचले रोयटर्ससँगको कुराकानीमा भन्नुभयो, “सामाजिक सञ्जालको यो अहिलेसम्मकै सबैभन्दा खराब ह्याक हो ।” टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्कको ट्वीटर खातामा कोभिड–१९ ले गर्दा म उद्धार हुनुपर्ने महसुस गरेको लेखिएको छ । बीट क्वाइनको लिङ्क साझा गर्दै उक्त ट्वीटमा बिटक्वाइनको कुनै भुक्तानी तीन मिनेटभित्र पठाइए दोब्बर हुने उल्लेख गरिएको छ । तर ट्वीट गरिएको केही मिनेटभित्रै उक्त ट्वीट हटाइयो ।
उक्त हयाकमा अर्बपतिहरूसँगै उबर र एप्पल पनि लक्षित गरिएको छ । बिल गेट्सका प्रवक्ताले एपी समाचार संस्थासँग कुराकानी गर्दै ट्वीटरले हाल सामना गरिरहेको मुद्दाको एक कडीको रुपमा ह्याकलाई अर्थ्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं- चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको.. ...

काठमाडौ-    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको.. ...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...