२०८१ वैशाख १४ गते | 26th of April 2024

मौद्रिक  नीतिको राष्ट्रिय व्यापार संघले गर्यो स्वागत

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ६ गते १४:५६

काठमाडौँ –  नेपाल राष्ट्र बैकले ल्याएको आर्थिक वर्ष २०७७⁄७८को  मौद्रिक  नीतिको राष्ट्रिय व्यापार संघले स्वागत गरेको छ ।
संघले प्रस्तुत मौद्रिक नीतिलाई सकरात्तमक भन्दै संघले राख्दै आएको मागहरुको पनि सम्बोधन भएको जनाएको छ । बैकहरुको ऋण प्रवाह गर्ने क्षमता र तरलता वृद्धिको सम्भावना हुनुका साथै ऋणको समय सिमा विस्तार,पुनर्कर्जामा सहजीकरण, ऋण प्रवाहको प्रक्रियामा सरलीकरण,ब्याज दरमा सहुलियत आदि व्यवस्थाले साना तथा मझौला उद्योगले फाइदा लिन सक्ने संघका महासचिव बैकुण्ठ दाहालले बताए ।

संघले टीटी तथा डिमान्ड ड्राफटको सीमा वृद्वि गरिएकाले साना तथा मझौला व्यवसायीहरुलाई सहयोग पुग्ने अपेक्षा पनि गरेको छ । नीति ल्याउनु भन्दा पनि कार्यान्वयन हुनु मुख्य कुरा हो भन्दै सरकारले नीति बनाउने तथा कार्यान्वयन नआउने पुरानो रोगको अन्त्य हुनु पर्नेमा पनि संघले जोड दिएको छ । संघले प्यान तथा भ्याटमा दर्ता व्यापारी तथा व्यवसायीहरुको कारोबारलाई हेरी ब्याज छुट र बिना धितो कर्जा लगानीको माग उठाउदै आईरहेकोमा उक्त विषयमा सम्बोधन नभएकाले आगामि दिनहरुमा उक्त मागहरुको पनि सम्बोधन हुने विश्वास पनि लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *