२०८१ वैशाख ८ गते | 20th of April 2024

१ सय २० दिनपछि लकडाउन खुलेको संकेत, संक्रमणको जोखिम कायमै

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ६ गते १५:११

काठमाडौँ –    कोरोना भाइरसको संक्रमण    रोकथाम  र   नियन्त्रणका लागि सरकारले गत चैत्र  ११ गते देखि  जारी  गरेको    लकडाउन अझै   खुकुलो बनाउने निर्णय गरेको छ  । तर संक्रमणको  जोखिम भने अन्त्य  नभएको  बिज्ञहरुको  भनाई छ  ।   भदौ १ गतेदेखि देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा

भदौ १ गतेदेखि शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना र क्याम्पसमा परीक्षा सञ्चालन गर्न सकिने पनि बताउनुभयो  । यस्तै, सामुहिक रुपमा खेलिने खेलबाहेक अन्य खेलहरुको प्रशिक्षण पनि  गर्न सकिनेछ ।  साउन १५ गतेदेखि होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने र ट्राभल, टे«किङ र पर्वताराेहनकाे लागि बुकिगं खुल्ला हुनेछ । तर सामुहिक रुपमा भेला हुने जस्ता कुनै पनि कार्यक्रमहरु होटल र रेष्टुरेन्टमा गर्न नपाउने पनि सरकारका प्रवत्ता पनि रहनुभएका मन्त्री खतिवडाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *