२०८१ वैशाख १३ गते | 25th of April 2024

नेकपा स्थायी कमिटि बैठकमा बाढी पहिरो बाधक, बैठक एक हप्ता सर्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ६ गते १५:२५

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न जनप्रतिनिधी,नेता कार्यकर्तालाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको र सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो । बैठक यसैगरी कति लम्बिरहने हो भन्ने संचारकर्मीकको एक जिज्ञासामा प्रवक्ता श्रेष्ठले बर्षाका कारण बैठक एक हप्ताकालागि सारिएको भएपनि अब हुने छलफल र बैठकबाट पार्टीले निकास पाउने बताउनुभयो ।स्थायी समिती बैठक साउन १३ गते बस्ने पनि उहांले बताउनुभयो ।
स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री के पी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको पनि प्रबक्ता श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *