२०८१ वैशाख ६ गते | 18th of April 2024

लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग देउवाको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ८ गते १५:३१

काठमाडौँ –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । उनले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका हुन् । सभापति देउवाले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्न आग्रह गर्दै क्‍वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकामा आपत्ति जनाए ।

देउवाले  प्रधानमन्त्री ओलीसँग विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि आग्रह गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार भेटमा सभापति देउवाले बाढी र पहिरोबाट प्रभावितको राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न पनि प्रधानमन्‍त्री ओलीसँग आग्रह गरेका थिए ।कोरोनाले सिर्जना गरेका चुनौतीका कारण उब्जिएका विभिन्‍न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मुख्यसचिव पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *