२०८१ वैशाख १४ गते | 26th of April 2024

ओली -प्रचण्ड बीच आज पनि भेटबार्ता

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ९ गते १४:५९

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो वार्ता भएको छ । तीन दिनपछि भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्षका सचिवालयले जनाएका  छन  ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच करिब ४५ मिनेट वार्ता भएको र वार्ता सकारात्मक रहेको उहाँले बताउनुभयो । साउन ६ गते यता दुई अध्यक्षबीच वार्ता हुन सकेको थिएन । तीन दिनपछि भएको वार्तामा सहमतिको प्रयास जारी राख्ने दुवै अध्यक्षबीच कुरा भएको सापकोटाले बताउनुभयो ।नेकपाको स्थायी कमिटी बैठक १३ गते ११ बजेका लागि सारिएको छ । सोअघि दुई अध्यक्षबीचमा देखिएको आन्तरिक विवाद र मतभेद अन्त्यका लागि समय प्रदान गरिएको स्थायी कमिटीका सदस्यहरूको भनाइ छ । स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिए पनि दुई अध्यक्षबीच सघन बैठक हुन सकिरहेको छैन ।

यसअघि दुई अध्यक्षबीच आगामी मङ्सिरमा पार्टीको ‘अर्ली महाधिवेशन’ गर्नेगरी सहमति बनेको र त्यसको ब्रिफिङसमेत राष्ट्रपतिसमक्ष भएको बताइए पनि त्यसले ठोस रुप लिन सकेन । अध्यक्ष प्रचण्डले आफूलाई परिबन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्याइएको अभिव्यक्ति दिनुभएपछि सो सहमति पुनः असहमतिमा परिणत भएको थियो ।दुई अध्यक्षले विभिन्न कोणबाट सहमतिको प्रयास गर्नुभए पनि अहिलेसम्म ठोस सहमति बन्न नसकेको अध्यक्षका सचिवालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *