1

अस्ट्रेलियामा डढेलोमा तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएको रिपोर्ट

32 पटक पढिएको

सिड्नी  ( एजेन्सी )  -अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जङ्गल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, दुई अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र पाँच करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ ।

डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ । प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि यी जनावरका लागि उपयुक्त आहारा, बस्ने ठाउँ र अन्य जनावरको आक्रमणबाट जोगिने अवस्था नदेखिएको बताउनुभयो ।

सन् २०१९ को अन्त्य तथा सन् २०२० को शुरुआती महिनामा अस्ट्रेलियाका जङ्गलहरूमा लामो सुख्खाका कारण भिषण आगलागी भएको थियो । आगलागीबाट करिब एक लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र ध्वस्त भएको थियो । डढेलोका कारण ३० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै जङ्गल आसपासका हजारौँ घर डढेका थिए ।

अस्ट्रेलियाको आधुनिक इतिहासमै यति लामो र व्यापक डढेलो पहिलो पटक देखिएको थियो । वैज्ञानिकहरूले जलवायू परिवर्तनको असरका कारण सुख्खा र डढेलोको समस्या देखिएको बताउँदै आएका छन् । जनवरीमा सार्वजनिक गरिएको अर्को एक अध्ययनमा सर्वाधिक प्रभाव परेका पूर्वी राज्यहरू न्यू साउथ वेल्स र भिक्टोरियामा एक अर्ब हाराहारीमा जीवजन्तु मरेको उल्लेख थियो । तर मङ्गलबार सार्वजनिक सर्भे प्रतिवेदनमा सिङ्गो अस्ट्रेलिया महादेशको अवस्था विश्लेषण गरिएको सिड्नी विश्वविद्यालयका मुख्य वैज्ञानिक लिली भान एडेनले बताउनुभयो ।

सर्भेका नतिजाहरूलाई अझै पनि विश्लेषण गर्नेक्रम जारी छ । प्रतिवेदनको अन्तिम नतिजा अर्को महिनाको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ । तर मृत्यु भएका जीवजन्तुको संख्या फेरबदल नहुने अध्ययन टोलीले जनाएको छ । प्रतिवेदन तयारीको जिम्मेवारी लिएको वल्र्ड वाइड फन्डका अस्ट्रेलियाली शाखाका प्मुख डर्मोट ओ–गोर्मानले प्रतिवेदनका प्रारम्भिक नतिजाहरू निकै डरलाग्दो रहेको बताउनुभयो । “यसलाई अस्ट्रेलियाको आधुनिक इतिहासमा सर्वाधिक खराब विपदको रुपमा लिन सकिन्छ ।” अस्ट्रेलियामा निकै लोकप्रिय कोआलाको विभत्स अवस्थाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमको समेत ध्यानाकर्षण भएको थियो ।

रुखका पातपतिङ्गर खाएर जीवन निर्वाह गर्ने हजारौँ कोआला डढेलोमा परेर मरेका थिए । तर सरकारले यसै वर्षको शुरुमा सार्वजनिक गरेको प्रतिवेदनले १०० अरु रैथाने प्रजातिका जीवजन्तुका आधाभन्दा बढी वासस्थान समाप्त भउको औंल्याएको थियो । यस प्रतिवेदनले डढेकाका कारण भएको क्षति अरु डरलाग्दो रहेको जनाएको छ । वैज्ञानिकहरूका भनाईमा विश्वव्यापी तापक्रम वृद्धिले अस्ट्रेलियाको बर्खायाम लम्बिँदैगएको छ र यो हरेक वर्ष अझ डरलाग्दो बन्दैगएको छ । छोटो अवधिको हिउँदयाममा हुने डढेलो नियन्त्रणमा अझ बढी कठिनाई हुन्छ । मङ्गलबार सार्वजनिक प्रतिवेदन सिड्नी विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय, न्यूक्यासल विश्वविद्यालय, चाल्र्स स्टर्ट विश्वविद्यालय र बर्डलाइफ अस्ट्रेलियाद्वारा संयुक्त रुपमा तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया

काठमाडौं- चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको.. ...

काठमाडौ-    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको.. ...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...