1

निर्वाचन कार्यतालिका थप गर्न ट्रम्प अभियानको आग्रह

87 पटक पढिएको

वासिङ्टन  – राष्ट्रपतीय निर्वाचन आयोगले निर्धारण गरेको बहस कार्यतालिकालाई थप्न र बहस कार्यक्रम सेप्टेम्बरको सुरूदेखि नै सञ्चालन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः निर्वाचन अभियानले माग गरेको छ ।राष्ट्रपति तथा रिपब्लिक पार्टीका नेता ट्रम्पका निजी वकीलले आयोगलाई बुधबार लेखेको पत्रमा उक्त माग गरिएको हो ।

ट्रम्पका कानूनी सहयोगी तथा न्यूयोर्कका पूर्व नगरप्रमुख रूडोल्फ गिलानीले आयोगलाई लेखेको पत्रमा राष्ट्रपतीय बहसलाई तीनको सट्टा चार बनाउन र थप बहस सेप्टेम्बरको सुरूमा हुनेगरी प्रबन्ध गर्न आग्रह गरिएको हो ।आयोगले पूरानै प्रचलन अनुसार सेप्टेम्बर २९ मा ओहायो, अक्टोबर १५ मा फ्लोरिडा र अक्टोबर २२ मा टेनिसी गरी तीनवटा बहसका कार्यक्रम सार्वजनिक गरेको थियो ।

गिलानीले पहिलो बहस प्रारम्भ हुँदै गर्दा अमेरिकी १६ राज्यहरूका दशौँ लाख नागरिकहरूले मतदान गरिसकेका हुने भन्दै बहसको मिति अगाडि सार्न र कार्यक्रम थप गर्न आग्रह गर्नुभएको हो ।गिलानीले भन्नुभयो, “कोभिड–१९ को विश्वव्यापी महामारीको कारण परम्परागत अभियान तालिकाबाट वञ्चित राष्ट्रका लागि लाखौँ अमेरिकीहरूले लाखौं मतदान गर्नुअघि देशको भविष्यका लागि मैदानमा रहेका दुई प्रतिस्पर्धीहरूलाई बहसमा सुन्न पाउने अवसरबाट पनि वञ्चित गर्नु कुनै अर्थपूर्ण छैन ।”उहाँले सेप्टेम्बर ४ मा उत्तर क्यारोलिनामा पहिलो मतपत्र पठाउनु भन्दा पहिले सेप्टेम्बरको सुरुमा बहस थप्नुलाई उत्तम समाधान बताउनुभयो ।यदि आयोगले थप बहस गर्न अस्वीकार गरेमा अन्तिम चरणको बहसलाई सेप्टेम्बरको पहिलो सातामा सार्नुपर्ने उहाँले बताउनुभयो ।

पूर्व उपराष्ट्रपति तथा डेमोक्र््याटिक पार्टीको तर्फबाट उम्मेदवार जो बाइडेनको अभियानका प्रवक्ता एन्ड्र्यू बेट्सले एक विज्ञप्तिमा जारी गरी वाइडेनले बहसको कार्यक्रमलाई स्वीकार गरिसकेको बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ ।

बेट्सले भन्नुभयो, “जो बाइडेन त्यहाँ हुनुहुनेछ । हामी डोनाल्ड ट्रम्पको निर्णयको पर्खाइमा छौ र सम्भवतः राष्ट्रपतिले निर्वाचनको तयारीका लागि दिएजति यथेष्ट समय कोभिड–१९ को व्यवस्थापनमा पनि खर्च गर्नुपर्दछ ।”

तपाईको प्रतिक्रिया

काठमाडौं ।    नेपालमा कोरोना भाइरसबाट  आईतबार  थप १ हजार ५ सय ७३ जना संक्रमित भएका छन् ।.. ...

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै.. ...

   काठमाडौ -  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...