२०८१ वैशाख १३ गते | 25th of April 2024

नेकपा फुटबाट जोगाउन सांसदहरुको हस्ताक्षर अभियान

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २५ गते ११:३९

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई समूहबीच टकराव तीब्र हुँदै जाँदा पार्टीलाई फुटबाट जोगाउन सांसदहरुको समूह अगाडि आएको छ ।संस्थापन समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ६१ जना सांसदहरुले फुटबाट रोक्न वृहत् हस्ताक्षर अभियान सुरु गरेका छन् । हस्ताक्षर अभियानमा सक्रिय सांसद विशाल भट्टराईले धेरै सांसदहरु राजधानी बाहिर रहेकाले एकै दिन ६१ जना सांसदको हस्ताक्षर संकलन गरिएको जानकारी दिनुभयो । ‘पहिलो चरणमा ६१ जना सांसदको हस्ताक्षर छ,’ उहाँले भन्नुभयो, ‘अधिकांश सांसदले पार्टी एकताको पक्षमा मत जाहेर गर्नुहुन्छ ।’ उहाँ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुनुहुन्छ ।

पार्टी एकताका पक्षमा माधवकुमार नेपाल नजिक रहनुभएकी रामकुमारी झाँक्रीदेखि पुष्पकमल दाहाल नजिक रहनुभएका सुरेशकुमार राई र नारायणकाजी श्रेष्ठ निकट अञ्जना विशंखेसहित दुई दर्जन सांसद उपस्थित हुनुहुन्थ्यो । नेतृ झाँक्रीका अनुसार हस्ताक्षर अभियानमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवालय र स्थायी कमिटीका सांसदहरु सहभागी गराइने छैन । त्यसभन्दा तलका सबै सांसदहरुको हस्ताक्षर संकलन गरिने उहाँले जानकारी दिनुभयो ।

पार्टी एकता अभियानका लागि भन्दै हस्ताक्षर अभियानबारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले कम्युनिष्टहरुले विगतमा पनि धेरै टुटफुट व्यहोरेकाले अब थप विनासको बाटो हिँड्न नसकिने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *