२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

सघन उपचार आवश्यक हुने बिरामीको संख्या उल्लेख्य वृद्धि

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २६ गते १५:१२

काठमाडौ-  पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना सङ्क्रमितको संख्या चार गुणाले वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार कोरोनाभाइरस सङ्क्रमितको संख्या वृद्धि हुनुका साथै सघन उपचार आवश्यक हुने बिरामीको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।
मन्त्रालयका अनुसार हाल ९३ जना कोरोनाभाइरस सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ । शरीरमा कृत्रिम रुपले वायु सञ्चारको लागि भेन्टिलेटरको प्रयोग गरिन्छ ।
साउन १४ गते देशैभरि कुल २२ जना कोरोना सङ्क्रमित सघन उपचारका लागि आईसीयूमा भर्ना भएका थिए ।

साउन २४ गते सघन उपचारमा २४ जना थिए । पछिल्लो दश दिनमा उक्त संख्या ९३ पुगेको हो । साउन १४ गते १९ हजार २७३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । स्वास्थ्य विज्ञहरुका अनुसार दीर्घरोगी तथा वृद्ध उमेर समूहका व्यक्तिमा प्रतिरोध क्षमता कमजोर भएकोले सङ्क्रमित भएको अवस्थामा जोखिम बढी हुन्छन् ।सुरुमा सङ्क्रमणको पुष्टि हुनेमा विदेशबाट फर्किनेहरु अधिकांश थिए । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सङ्क्रमित हुने अधिकांश युवा उमेर समूहको रहेकाले सघन उपचारको आवश्यकता देखिएन । र मृत्युदर समेत निकै कम मापन गरिएको हो । तर पछिल्ला केही दिनमा वृद्ध र किशोर अवस्थाका व्यक्ति सङ्क्रमित हुन थालेपछि सघन उपचार गराउने बढ्दैछन् । परिणामस्वरुप मृत्यु हुने समेत बढेको छ ।
पछिल्लो १२ दिनमा मात्रै तीस जना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । जेठ ३ गते नेपालमा पहिलो पटक एक जना सुत्केरी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । सघन उपचारमा जानेको संख्या वृद्धि भइरहँदा मृतकको संख्या पनि बढ्दो छ । पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

प्रदेश २ मा ५४ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हाल तीन हजार १४४ जनामा सङ्क्रमण सक्रिय छन् । प्रदेश २ मा कुल सक्रिय सङ्क्रमितको एक दशमलब ७१ प्रतिशत बिरामी सघन उपचारमा छन् । उक्त प्रदेशमा हालसम्म ३३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
वाग्मती प्रदेशमा ३१ जना कोरोनाभाइरस सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । वाग्मती प्रदेशमा सङ्क्रमण सक्रिय रहेको बिरामी एक हजार २१० छन् । वाग्मती प्रदेशका सक्रिय सङ्क्रमितको संख्याको आधारमा करिब २.५६ प्रतिशत बिरामी सघन उपचारमा छन् । तर राजधानी शहर समेत रहेको काठमाडौंमा देशका अन्य भेगका बिरामी समेत सघन उपचारका लागि भर्ना भएका छन् । वाग्मती प्रदेशमा हालसम्म १३ जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश १ मा दुई जना, प्रदेश ५ मा छ जना बिरामी आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म प्रदेश १ मा पाँच जना, प्रदेश २ मा ३३ जना, वाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा छ जना, प्रदेश ५ मा ११ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिममा सात जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित हुने २३ हजार ३१० पुगेको छ । १६ हजार ४९३ जना निको भएका छन् । छ हजार ७३८ जनामा सङ्क्रमण सक्रिय छ । दश हजार ७५९ जना क्वारेन्टिनमा छन् । ( गोरखापत्रवाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']