२०८१ वैशाख ७ गते | 19th of April 2024

सौराहाका होटल लयमा फर्कनै पाएनन

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २९ गते १५:१६

काठमाडौ-    लयमा फर्कन नपाउँदै पर्यटकीय होटल पुनः बन्द भएका छन् । कोरोना कहर बढेसँगै सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै व्यवसायीले चितवनका पर्यटकीय होटल बन्द गरेका हुन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु होटल व्यवसायीको कर्तव्य भएको बताउनुभयो । यस्ता निर्णय हतारहतारमा भइरहँदा यसले पर्यटकीय क्षेत्रमा दीर्घकालीन असर पर्ने धारणा उहाँको छ । “सरकारको निर्णय कार्यान्वन गर्नु प¥यो तर यो बेला बन्दभन्दा सुरक्षाका उपाय अपनाएर होटल खोल्न दिनु राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो ।
होटल छिर्दा हात धुने, ज्वरो आए नआएको परीक्षण गर्ने, कोठा तथा होटल वरपर पूर्ण सेनिटाइज, होटलमा काम गर्ने कर्मचारीलाई मास्क, पन्जा अनिवार्य लगायतका मापदण्ड पूरा गरेर मात्रै होटल सञ्चालन गरिएको अवस्थामा बन्द मात्रै समस्याको समाधान नभएको उहाँको तर्क छ ।
“सरकारले होटल खोल भन्यो । घर बिदाका कर्मचारी बोलाएर होटल सरसफाइ र रङरोगन गर्दै खोलेका के थियौँ फेरि सरकारले बन्द गर भन्यो”, उहाँले भन्नुभयो । अहिले आफूहरूले होटलको सरसफाइ र रङरोगनमा गरेको खर्च व्यर्थमा गएको उहाँको भनाइ छ ।
“यसै होटल बन्द थियो, कर्मचारी पनि घरमै बसेका थिए । होटल खोलिने भयो भनेर बोलाइयो, अब फेरि उनीहरूलाई बिदामा घर जाऊ भन्दा होटल सञ्चालक र कर्मचारीबीचमा भाँजो आउने काम भयो”, अध्यक्ष भट्टराईले भन्नुभयो ।
सौराहामा अवस्थित जङ्ल सफारी लजका सञ्चालक सुमन घिमिरे आफूले १० जना कर्मचारी बोलाएर होटल सञ्चालनमा ल्याए पनि पुनः बन्द गर्नु परेको गुनासो गर्नुहुन्छ ।
“सरसफाइ र रङरोगनमा मेरो १० लाख रुपियाँ खर्च भयो । फेरि बन्द गर्दा पुनः खोल्ने बेलामा यो खर्च दोहो¥याएर गर्नुपर्छ”, घिमिरको दुःखेसो थियो । यो समस्या प्रायः सबै
होटलको हो ।
“रेस्टुरेन्टमा भीडभाड गरेर खान नपाउनु स्वाभाविक हो तर होटल त आफँै आइसोलेसनमा छन् नि । शान्त रूपमा कोठाभित्र बस्ने कुरालाई रोक्नु राम्रो हैन”, उहाँले भन्नुभयो । होटल पूर्ण रूपमा सञ्चालनमा आउँदा ६० जना कर्मचारी आवश्यक पर्ने र उनीहरू अहिले बिदामा रहेको
उहाँले जनाउनुभयो ।
यसरी होटल बन्द हुँदा चितवनमा हरेक दिन डेढ करोड रुपियाँको हाराहारीमा घाटा हुने गरेको तथ्याङ्क व्यवसायीसँग छ । चितवनका २२५ पर्यटकीय होटलमध्ये सौराहामा मात्रै ११० छन् । चितवनको सौराहासँगै भरतपुर, मेघौली,
पटिहानी र इच्छाकामनामा पर्यटकीय होटल छन् ।
कोरोना कहरसँगै बन्दाबन्दीका कारण गत चैत ११ देखि बन्द पर्यटकीय होटललाई सरकारले विशेष सुरक्षा अपनाउँदै गत साउन १५ गते खोल्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले होटल र रेस्टुरेन्टमा बसेर खान नपाइने निर्णय ग¥यो । सरकारको निर्णयअनुसार होटल तथा रेस्टुरेन्टलाई अब सामान प्याक गरेर बिक्री गर्ने ‘टेक अवे’ सुविधा मात्रै छ ।
यस्तै होटलहरूमा गोष्ठी, सेमिनार, बैठक, सभा समारोह तथा भोजभतेरसमेत गर्न नपाइने गरी सरकारले रोक लगाएको छ । (गोरखापत्र वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *