२०८१ वैशाख ७ गते | 19th of April 2024

ओली मोदी टेलिफोन वार्ता

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ३१ गते १०:१०

काठमाडौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो टेलिफोन संवाद गर्नुभएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोन संवाद गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई प्रधानमन्त्रीबीच दिउँसो टेलिफोन संवाद भएको हो । दूई प्रधानमन्त्री वीच कोरोना भाईरसले नेपाल र भारतमा पारेको असर , रोकथाम तथा नियन्त्रणका लागि दुवै देशले गरेका प्रयास सँगै सामुहिक प्रयासका बारेमा कुराकानी भएको परराष्ट मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । दुई प्रधानमन्त्री वीच दुई देश वीच रहेका विभिन्न्न विषयमा निरन्तर छलफल गरि अघि बढने समझदारी पनि व्यक्त भएको परराष्टले जनाएको छ ।

पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी भूभागलाई लिएर तिक्तता देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई नेपालकै ठोरीमा रहेको अयोध्यामा जन्मनुभएको अभिव्यक्ति दिनुभएपछि भारत थप सशङ्कित बनेको थियो ।  आजै प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियाे । शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *