२०८१ वैशाख १४ गते | 26th of April 2024

काठमाडौ उपत्यकामा एकै दिन १ सय ७२ जना संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ३२ गते १५:०४

काठमाडौँ । उपत्यकाका एक सय ७२ जना सहित आज ६ सय ४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँका एक सय २६ जना, ललितपुरका ३८ र भक्तपुरका ८ जना सहित आज थप ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । हालसम्म कूल सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको समेत प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसै गरी आज थप एक सय ३४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या १७ हजार ३ सय ३५ पुगेको छ ।मन्त्रालयका अनुसार हाल कोरोना संक्रमण मुक्त हुनेको दर ६५ प्रतिशत रहेको छ । यसै गरी आज देशभर सक्रिय सङ्क्रमित ९ हजार २ सय २१ जना अर्थात् ३४ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।यस्तै मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भएको भन्दै हरेक व्यक्तिले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँ उपत्यका सहित तराईका जिल्लाहरूमा दिनानुदिन संक्रमण वृद्धि भइरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *