२०८१ वैशाख १३ गते | 25th of April 2024

जाति विशेष र राष्ट्रिय झण्डा जलाई भिडियो वनाउनेको खोजी , एक जना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २ गते १०:२५

काठमाडौं।   यु ट्युवमा सार्वजनिक भएको गीतमा  कुनै जाति विशेषलाई गाली गर्दे  नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यको समाचार सामाजिक संञ्जालमा भाइरल भयो । लगत्तै  सामाजिक संञ्जाल प्रयोगकर्ताहरुले  गलत भएको भन्दै प्रहरी समक्ष उजुरी समेत गरे । प्रहरीले तत्कालै सकृयता देखायो । अपराध महाशाखा काठमाण्डौको टोलीले सो गीतको छायांकन गर्ने क्यामेरा फर्सनलाई पक्राउ गर्याे ।नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा, काठमाण्डौका एसएसपी दीपक थापाले गीतको छायांकन गर्ने एकजनालाई पक्राउ गरेको जानकारी दिनुभयो । उहाँले प्रहरीको टोलि राष्ट्रिय झण्डा जलाउने व्यक्तिहरुको खोजिमा परिचालन भैसकेको थापाले बताउनुभयो । सो गीतको रेकर्डिङमा पाँच सात जनाको समूह रहेकाले प्रहरीले उनीहरुको खोजिमा सकृय बनेर लागेको थापाले बताउनुभयो । पक्राउ परेका व्यक्तिको बारेमा थप केही खुलाइएको छैन ।

प्रहरीले भिडियोमा देखिएका थप व्यक्तिहरुलाई नियन्त्रणमा लिएर मुद्धा चलाउने एसएसपी थापाले बताउनुभयो ।  मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *