२०८१ वैशाख १२ गते | 24th of April 2024

बीरगंजमा एकै दिन १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २ गते १०:३८

बीरगंज-   बीरगंजको नारायणी अस्पतालको प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलीखेल अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणको क्रममा चिकित्सक,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार सहित पर्सामा १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीरगंज स्थित नारायणी अस्पतालमा गरिएको परिक्षणको क्रममा ६६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलीखेल अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणको क्रममा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।  टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणमा वीरगन्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स गरी ३० जनामा संक्रमण भेटिएको छ । संक्रमित हुनेहरुमा बयोधा अस्पतालका ६ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र २ जना बिरामी गरी ३० जनामा संक्रमण रहेको बताईएको छ ।
यस्तै टेकुकै प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका अन्य ६८ जनामा संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिनुभयो । वीरगन्ज ११ श्रीपुर विद्यापिठ माविमा स्वाब दिएका मध्ये ५७ जना र त्रिजुद्ध माविमा स्वाब दिएका मध्ये ११ जना गरि ६८ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पनि पर्साकै ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ६६ जनामध्ये सबैभन्दा बढी पर्साको बहुदरमाइ नगरपालिकाका २५ जना रहेका छन् । बहुदरमाइ नगरपालिका ४ का मात्रै २० जना रहेका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका ५ र वडा प्रहरी कार्यालय वीर्ताका २ गरी ७ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० मूर्ती चोकका ८ जना, वीरगन्जको छपकैयका ६ जना , वीरगन्ज ४ वीर्ताका ३ जना , नेशनल मेडिकल कलेजका २ जना , वीरगन्ज ८ , ११ , १४ र १६ का १÷१ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी दिनुभयो । संक्रमित हुनेमा बीरगंज स्थित एक सन्चारगृहका प्रबन्ध निर्देशक समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *