२०८१ वैशाख १४ गते | 26th of April 2024

यो दुई सातामा सरकार जनतालाई घरमा राखेर बालुवाटारमा सुतेर बस्न नहुने भन्दै गगन थापाको प्रधानमन्त्रीलाई पत्र

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २ गते ११:२१

काठमाडौ- नेपाली काँग्रेसका नेता एंव पुर्व स्वास्थ्यमन्त्री गगन थापाले   सबैको साथ,पूर्व तयारी गर्ने समय,स्रोत साधन हुँदाहुँदै पनि  प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार,अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण काेभिड नियन्त्रण बाहिर जान  थालेको वताएका छन । आज प्रधानमन्त्री ओलीको नाममा एक पत्र लेख्दै नेता थापाले  अब त तपाईंमा केही संवेदनशीलता पलाउँछ की भन्ने आशाका साथ पून:यो पत्र मार्फत ध्यानाकर्षण गराएको  भन्दै पत्रमा आफना सुझावहरु उल्लेख गरेका छन । ‘प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र गुटको काममा व्यस्त हुनुहुन्छ भनेर कोरोनाले पर्खेन। संक्रमण फैलिने क्रम रोकिएन,’ थापाले भनेका छन्, ‘भदौ १ सम्म एक सय ७ जनाको मृत्यु भइसकेको छ। देशैभरि पोजेटिभ केसको संख्या २७ हजार दुई सय ४१ पुगेको छ।’

सरकारले पर्याप्त समय पाए पनि कोरोना नियन्त्रणबारे काम गर्न नसकेको आरोप थापाको छ। सरकारलाई कांग्रेसले पटकपटक ध्यानाकर्षण गराउँदै आएको पनि थापाको भनाइ छ।‘यो संकटमा जनताको जीवन रक्षा गर्नु अब तपाईंको पहिलो प्राथमिकता हुनुपर्छ,’ सांसद थापाले प्रधानमन्त्रीलाई भनेका छन्, ‘के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको सवार्थी किचलोमा सारा समय खर्च गरेर यो संकटलाई देखेको नदख्यै गर्ने छुट छ? छैन र हुनु हुँदैन।’

उनले तत्काल गर्नुपर्ने कामबारे पनि पत्रमा सुझाव लेखेका छन्। कम्तिमा दुई साताका लागि काठमाडौं लगायत कोरोना फैलिएका ठाउँमा जनस्वास्थ्य आपतकाल घोषणा गर्न थापाको माग छ।‘संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई साताको लागि काठमाडौंलगायत संक्रमण बढ्दो गतिमा भएका हटस्पटहरूमा जनस्वास्थ्य आपतकाल घोषणा गर्नुहोस्,’ थापाको आग्रह छ।उनले यी दुई सातामा सरकार जनतालाई घरमा राखेर बालुवाटारमा सुतेर बस्न नहुने पनि बताएका छन्। उनले व्यापक परीक्षण गर्न पनि माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *