२०८१ वैशाख १४ गते | 26th of April 2024

काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३ गते ३:३४

काठमाडौँ – काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारी सम्लीत मंगलवार साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक अन्य सवारीको सञ्चालनमा निषेध गरिएको बताउनुभयो । निषेधाज्ञा बुधवार रातिबाट शुरु भएर अर्को बुधवारसम्म रहने जनाइएको छ । खाद्यन्न किराना, फलफूल तथा तरकारी पसलहरू सञ्चालका लागि विहान र वेलुकाको लागि निश्चित समय तोकिएको छ । विरामी, मलामीका लागि सुरक्षाकर्मीसंग समन्वय तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिदा पनि सर्वसाधारणले अटेर गरेका कारण उपत्यकामा कोरोना संक्रमण प्रतिदिन जटिल बन्दै गएको छ । गृह मन्ञालय तथा जिल्ला प्रशासन कार्यालयकाठमाडौँ, भदौ २ गते । काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारी सम्लीत मंगलवार साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक अन्य सवारीको सञ्चालनमा निषेध गरिएको बताउनुभयो । निषेधाज्ञा बुधवार रातिबाट शुरु भएर अर्को बुधवारसम्म रहने जनाइएको छ । खाद्यन्न किराना, फलफूल तथा तरकारी पसलहरू सञ्चालका लागि विहान र वेलुकाको लागि निश्चित समय तोकिएको छ । विरामी, मलामीका लागि सुरक्षाकर्मीसंग समन्वय तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिदा पनि सर्वसाधारणले अटेर गरेका कारण उपत्यकामा कोरोना संक्रमण प्रतिदिन जटिल बन्दै गएको छ । गृह मन्ञालय तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सवारी पास यसअघि नै खारेज गरिसकेको छ । भदौ ३ गते बुबा खुवाउने औंसी र ५ गते हरितालिका तीज पर्व रहेको छ । यी दुई चाडमा विभिन्न धार्मिक मठ मन्दिरमा तीर्थालु सर्वसाधारणको बाक्लो भीड लाग्ने भएकाले कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्नु परेको हो ।
भदौ २ गते मंगलवारमात्र काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दुईसय पाँच पुगेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डको पालना नहुँदा संक्रमण फैलिएको भनाई सम्वद्ध अधिकारीको छ । गत वर्ष चैत ११ गतेबाट शुरु भएको बन्दाबन्दी साउन ७ गतेबाट हटाइएको थियो । बन्दाबन्दी हटेसंगै मुलुकभर नै कोरोना संक्रमितको संख्या दैनिक एकहजारभन्दा बढी पुग्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

बाट प्रदान गरिने सवारी पास यसअघि नै खारेज गरिसकेको छ । भदौ ३ गते बुबा खुवाउने औंसी र ५ गते हरितालिका तीज पर्व रहेको छ । यी दुई चाडमा विभिन्न धार्मिक मठ मन्दिरमा तीर्थालु सर्वसाधारणको बाक्लो भीड लाग्ने भएकाले कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्नु परेको हो ।भदौ २ गते मंगलवारमात्र काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दुईसय पाँच पुगेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डको पालना नहुँदा संक्रमण फैलिएको भनाई सम्वद्ध अधिकारीको छ । गत वर्ष चैत ११ गतेबाट शुरु भएको बन्दाबन्दी साउन ७ गतेबाट हटाइएको थियो । बन्दाबन्दी हटेसंगै मुलुकभर नै कोरोना संक्रमितको संख्या दैनिक एकहजारभन्दा बढी पुग्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *