२०८१ वैशाख १४ गते | 26th of April 2024

यस्तो रहयो कविवरको महाप्रस्थान

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३ गते १४:२५

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिनुभएका घिमिरेको निधन १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ बजे भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *