२०८१ वैशाख ६ गते | 18th of April 2024

नेपालमा संक्रमितको संख्या ३१ हजार ११७ पुग्यो ,बीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ६ गते ११:४७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी छ जिल्लाका नौ जनाको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको मन्त्रलायले जनाएको छ । नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी प्रदेश २ मा पाँच जनाको मृत्यु भएको जानकारी दिनुभयो । प्रदेश २ को पर्सा जिल्लाका तीन जना, बारा र सिरहाका एक एक गरी  पाँच जनाको मृत्युको पुष्टि भएको छ । पर्साका ६१, ५८ र ४८ वर्षीय तीन जना पुरुषको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाराका ५८ वर्षीय पुरुष र सिरहाका ६८ वर्षीय पुरुष हुनुहुन्छ ।
प्रदेश १ को सुनसरीमा एक छ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का ६७ वर्षीय पुरुष हुनुहुन्छ । दुबैजनामा सङ्क्रमणको पुष्टि भएको छ ।
त्यसैगरी वाग्मती प्रदेशमा दुई जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *