२०८१ वैशाख १३ गते | 25th of April 2024

भदौ १३ गते नेकपा सचिवालयको बैठक

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ९ गते १४:१९

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको आन्तरिक समस्या समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिबेदनमाथि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएकोे छ ।प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भएको छलफलले कार्यदलको प्रतिबेदन अनुमोदन गरेको छ । कार्यदलको प्रतिबेदन अनुमोदन गर्न भदौ १३ गते नेकपा सचिवालयको बैठक बोलाइएको छ । अध्यक्षद्वयबीचको छलफलमा कार्यदलका संयोजक एवं नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहन्थ्यो ।

गएको साउन ३० गते गठन गरिएको नेकपाको कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिबेदन बुझाएको थियो । कार्यदलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारको बाँकी कार्यकाल पुरै नेतृत्व गर्ने र अर्का अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म पार्टीको कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने गरी अध्यक्षद्वयबीच सहमतिका लागि सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *