२०८१ वैशाख १२ गते | 24th of April 2024

भदौं १७ देखि नियमित हवाई उडान हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ९ गते १४:२८

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौं १६ देखि नियमित हवाई उडानको तालिका स्वीकृत गरेको छ । मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो । मन्त्रालयले नियमित उडानका लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको छ ।नियमित उडानका लागि मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कतार एयरवेज, कोरियन एयर, टर्किस्, फ्लाइ दुबई, मालिन्दो, चाईना साउर्थन, एयर अरेविया, मलेसियन एयरलाइन्स, एयर चाइना, क्याथवे ड्रागनको तालिका स्वीकृत गरेको हो ।

मन्त्रालयले नियमित उडान तालिका स्वीकृत गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स बाहेकका विदेशी विमान कम्पनीलाई भने चार्टर उडानको अनुमती दिएको छैन । चार्टर उडानको तालिका स्वीकृत हुने विदेशी विमान कम्पनीहरुमा जजिरा र सलाम एयर मात्रै छन् ।नियमित उडान गर्दा नेपालमा आउँदा ७२ घण्टा अगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ भने त्यसपछि १४ दिन घरमै सेल्फ क्वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्नेछ ।

यस्तै चार्टर उडानबाट नेपाल आउनेहरुले काठमाडौंमा आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने छ भने त्यसपछि १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेलगायतका व्यवस्था गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *