२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ६४

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ९ गते १४:३३

काठमाडौं । आज थप ७ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाका कारण आज १ जना महिला र ६ जना पुरूषको मृत्यु भएको जानकारी दिनुभयो ।आज काठमाडौका ३ जना तथा सिराहा, पर्सा, धनुषा र रूपन्देहीका १–१ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।यसैगरी आज काठमाडौ उपत्यकामा २ सय ३२ जना सहित थप ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौका १ सय ९९, रूपन्देहीका ६९, सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछाम र ललितपुरका १९–१९, दाङ्का १८, बारा र महोत्तरीका १७–१७, कैलाली र सुनसरीका १६–१६, बाँकेका १५, भक्तपुरका १४, कास्कीका १३, कञ्चनपुरका १२, बझाङ्का ९, धादिङ र नवलपरासी पश्चिमका ८–८, तनहुँ र बर्दियाका ६–६, झापा, काभ्रे, कालिकोट र सुर्खेतका ५–५, पर्सा, दैलेख, सल्यान, पाल्पा, प्युठान र नवलपरासी पूर्वका ४–४, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३–३, सोलुखुम्बु, गोर्खा, पर्वत, मकवानपुर, सिन्धुपाल्चोक, गुल्मी, डडेल्धुरा र बैतडीका २–२, तथा उदयपुर, ओखलढुंगा, खोटाङ्, लम्जुङ्, बाग्लुङ, नुवाकोट, रामेछाप, जुम्ला, मुगु र अर्घाखाँचीका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।नेपालमा हाल सम्म ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ३ सय १३ जना संक्रमण मुक्त भएका छन भने हाल सम्म १९ हजार १ सय १९ जना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *