२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन डब्लुएचओको ध्यानाकर्षण

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ११ गते १४:३७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रतिनिधि जोश भ्यान्डेलरले नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा भ्यान्डेलरले यस्तो ध्यानाकर्र्षण गराएका हुन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेपालमा कोरोना सुरुवाती अवस्थामा रहेकाले सचेत रहन आग्रह गरेको जानकारी दिए । उनका अनुसार नेपालमा अझै कोरोनाका संक्रमित बढ्न सक्ने भएकाले सरकारले ध्यान दिनुपर्ने भ्यान्डेलरको भनाइ थियो । “प्रधानमन्त्रीले नै बोलाएर भेट गर्नुभएको हो । कोभिड १९ को विषयमा नेपालले गरिरहेको प्रयासको प्रसंशा गर्नुभयो,” डा. भट्टराईले भने, “केही सुझाव पनि दिनुभएको छ । यो चाहिँ नेपालको सुरुवाती अवस्था हो । बढ्ने भएको हुनाले नेपालले आइसोलेसनसँगै चेतना पनि बढाउनुप¥यो ।” नेपालमा मृत्युदर अन्य देशको भन्दा कम रहेको हुँदा लाग्नेबित्तिकै मरिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ थियो । उनले स्थानीय तहलाई बढी क्रियाशील बनाउन पनि आग्रह गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *