२०८१ वैशाख ८ गते | 20th of April 2024

शनिबार वस्ने भनिएको नेकपा सचिवालय बैठक १८ गतेका लागि तय

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १३ गते १०:३२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बिहान ११ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ । बैठक १८ गतेका लागि तय गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत शनिबार ६ गते कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमाथि छलफल गर्न १३ गते शनिबारका लागि सचिवालय बैठक आह्वान भएको थियो । कोरोना सङ्क्रमण बढ्दै गएपछि केही नेताहरू आइलोसेसनमा बसेका कारण बैठक १८ गतेका लागि सारिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंकाअनुसार सचिवालयका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा रामबहादुर थापा होम आइसोलेसनमा बस्नुभएको छ ।

यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षबीच छलफल भइसकेको छ । अध्यक्षद्वयद्वारा अनुमोदित प्रतिवेदनमाथि सचिवालयमा थप छलफल गरी स्थायी कमिटी बैठकमा छलफलका लागि लग्ने अध्यक्षद्वयको तयारी छ । शुक्रबार दुई अध्यक्षबीच भएको सल्लाहअनुसार बैठक १८ गते सारिएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *