२०८१ वैशाख १२ गते | 24th of April 2024

नेपालमा एकै दिन १२ सय २१ जना कोरोना सङ्क्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १४ गते १४:४०

काठमाडौँ । नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ ।नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नाैसय  र संस्थागत आइसोलेसनमा दशहजार ६१२ रहेका छन् ।पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ८२२  पुगेको छ ।विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ७९७ रहेका छन् ।

मृत्यु १४ जना, कुल २२१ पुग्याे

पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरूषकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *