२०८१ वैशाख ८ गते | 20th of April 2024

रहेनन मुखर्जी

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १५ गते १४:५३

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । गत अगस्त १० मा उनले ट्विटमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको घोषणा गरेका थिए । ‘ब्लड क्लट’ का कारण उनको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए ।अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिन यता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण ‘सेप्टिक शक’ भएको जानकारी गराएको थियो ।  सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्।

मुखर्जी ८४ वर्षका थिए। भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *