२०८१ वैशाख १३ गते | 25th of April 2024

सङ्क्रमित हुने कुल ४१ हजार ६४९

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १७ गते १५:०९

काठमाडौँ –  नेपालमा एक हजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिलासहित ११२०  जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४१ हजार ६४९ पुगेको जनाइएको छ ।

सकृय सङ्क्रमितहरू १८ हजार १०८ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ४९३ रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ११२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २३ हजार २९० पुगेको छ ।विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७६६ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *